aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यसकारण त्रासमा छ दक्षिण कोरिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
यसकारण त्रासमा छ दक्षिण कोरिया

एजेन्सी । उत्तर कोरियाको राजधानी प्योंगयांगमा अत्याधुनिक इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल देखिएपछि दक्षिण कोरियाका नागरिक त्रासमा आएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले यी मिसाइललाई ४–४ वटा मोवाइल लञ्चरसँग शहरको बाहिरी सीमामा तैनाथ गरेको छ । १० अक्टोबरमा उत्तर कोरियामा वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसमा आयोजित परेडमा यिनीहरुलाई सार्वजनिक रुपमा प्रदर्शित गरिनेछ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार अहिले देखिएका ब्यालेस्टिक मिसाइलहरु २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका मिसाइलको तुलनामा ठूला र धेरै शक्तिशाली छन् । उत्तर कोरियालाई यी अधिक उन्नत र शक्तिशाली इन्टरकन्टिनेन्टर ब्यालेस्टिक मिसाइल ९आइसीबीएम० विकसित गर्न कुनै अर्को देशले सहयोग गरेको अनुमान गरिएको छ । विशेषज्ञहरुका अनुसार प्योंगयांगले कुनै बाहिरी सहयोगबिना यत्तिको प्रविधि विकसित गर्न सक्दैन ।

सियोलका अधिकारीका अनुसार प्योंगयांगले एउटा नयाँ पनडुब्बीबाट लञ्च गरिने ब्यालेस्टिक मिसाइलसँगै अन्य नयाँ पनडुब्बीको पनि खुलासा गर्न सक्छ । अधिकारीहरुका अनुसार यसले उत्तर कोरिया पूर्वी तटमा स्थित देशहरुका साथै सिनपो साउथ शिपयार्डमा नयाँ प्रविधिसँग सम्बन्धित गतिविधि गरिरहेको संकेत गर्छ । यी मिसाइल प्रदर्शनपछि उत्तरु र दक्षिण कोरियाबीच उकपटक फेरि तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस