बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी भालुवाङ घोषणा भएको छ । प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ ।
सभामुख पूर्णवहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गरे । प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस