aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हावाहुरीले विद्यालयको छानाे उडायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
हावाहुरीले विद्यालयको छानाे उडायो

गएराति आएको हावाहुरीले बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर माविको छाना उडाएको छ ।

विद्यालयको तीन कोठे भवनको छाना हावाहुरीले उडाउँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।

टीनको छाना उडाउँदा २६ बोरा सिमेन्टलगायत विभिन्न शैक्षिक सामग्री भिजेर नष्ट भएको छ । हावाहुरीले भवनको छाना नै उडाएपछि पठनपाठनसमेत प्रभावित भएको छ ।

२०१८ सालमा स्थापना भएको यो विद्यालयमा ३ सय ५ जना विद्यार्थी अध्ययनरत छन् । हावाहुरीले पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्था र अन्य दुई घरको छाना पनि उडाएको छ ।

प्रतिक्रिया दिनुहोस