aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बाइडेनले ट्रम्पलाई हराउन सक्लान् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बाइडेनले ट्रम्पलाई हराउन सक्लान् ?

एजेन्सी । डोनल्ड ट्रम्प र उनको थप चार वर्ष ह्वाइट हाउसको कार्यकालका बीच एकमात्र मानिस उभिएका छन् - जो बाइडेन । बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको छ।

उनका समर्थकहरूको निम्ति बाइडन दशकौँको अनुभवप्राप्त विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन् जो सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्छन् र जसले व्यक्तिगत दुर्घटनाहरूसँग बहादुरीपूर्वक सामना गरेका छन्।

तर उनका विरोधीहरूका निम्ति बाइडन संस्थापनसँग जोडिएका "डाँडापारिका घाम" हुन् जसले बेलाबखत लाजलाग्दो गल्ती गर्छन्। (महिलाहरूको कपाल सुँघ्ने जसको अचम्मको बानी पनि छ। के ट्रम्पलाई हराउन आवश्यक क्षमता उनमा छ त ?

जो बाइडन चुनाव प्रचारका पुराना खेलाडी हुन्। उनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बने। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो क्षमता भएका मानिस पनि हुन्।भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। यो उनको तेस्रो अभियान हो।

यालीमा भाषण गर्दै उनले भनेका थिए: "मेरा पुर्खा उत्तरपूर्वी पेन्सल्भेनीआका कोइलाखानीमा काम गर्थे।" उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए। तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् - उनले त्यो वाक्य-र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए।

पछि 'जो बम'का नामले परिचित भएका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो। सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, "मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा"। विचारनगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो।

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले 'अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ' भनेर मानिसहरूलाई त्रसित बनाइदिए।

उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए "अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तिक्ष्ण र स्वच्छ अनि आकर्षक छ।" तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने।

त्यस्ता टिप्पणीका बावजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय रहेका छन्। तर हालसालै एउटा रेडिओ कार्यक्रममा चर्चित अश्वेत प्रस्तोतासँग बोलेका कुरा निकै विवादित भए। उनले भनेका थिए, "यदि अझ पनि तपाईँलाई म र ट्रम्पमध्ये एक जना चुन्न कठिन भइरहेको छ भने तपाईँ अश्वेत होइन।"

त्यो एउटा वाक्यले सञ्चारमाध्यममा ठूलो सनसनी मच्चियो। उनको प्रचार टोलीले बाइडनले अश्वेत मतदाताहरूलाई हलुका रूपमा नलिएको प्रतिक्रिया दिनुपर्‍यो। उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ। रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन्।

बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन्। खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन्। भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् - कुनै रकस्टारले जस्तै।

"उनी मानिसहरूसँग अङ्कमान गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन," पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले न्यूयोर्कर पत्रिकालाई बताए। तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

नमत सर्वेक्षणहरूले निरन्तर बाइडनलाई ट्रम्पभन्दा ५ देखि १० अङ्कले अगाडि रहेको देखाइरहेका छन्। तर अझै पनि नोभेम्बरको चुनाव आउन केही समय बाँकी छ। दुई प्रतिस्पर्धीबीच थप सङ्घर्ष बाँकी नै छ।

सरकारले कोरोनाभाइरस महामारीको व्यवस्थापन कसरी गरेको भन्नेबारे तथा देशमा अश्वेत अमेरिकीसमुदाय विरुद्ध प्रहरी हिंसालाई निन्दा गर्नेबारे दुई नेताले भिन्नभिन्न मत राख्दै आएका छन्।

महामारी व्यवस्थापनसँग जोडिएको अनुहार ढाक्ने मास्कको प्रयोगको विषय समेत राजनीतिक मुद्दा बनेको छ। बाइडन बारम्बार मास्क लगाएर सार्वजनिक रूपमा देखा परिरहन्छन् भने ट्रम्पले त्यसको विपरीत गतिविधि गरेका छन्।

सानातिना राजनीतिक कटाक्ष तथा राजनीतिक प्रचार अभियानका बेला गरिने छवि निर्माणका विषय बाहेक यो चुनावसँग निकै नै महत्त्वपूर्ण मुद्दाहरू गाँसिएका छन्।

यदि बाइडनले जिते भने उनको निम्ति लामो राजनीतिक यात्राको एउटा उत्कर्ष हुनेछ। तर यदि उनी हारे भने थप चार वर्ष उनकै शब्दमा 'संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुन पूर्णत: नालायक व्यक्ति'को हातमा सत्ताको लगाम जानेछ। बीबीसी 

प्रतिक्रिया दिनुहोस