
गुठी संरक्षणका अभियन्तामाथि प्रहरी र अभियन्ताहरूबीच झडप भएको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षण अभियन्तामाथि प्रहरीले बल प्रयोग गर्दा उक्त स्थिती उत्पन्न भएको हो ।
अभियानकर्ताले प्रहरी दमनको विरोध गरेका छन् । सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् ।
प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले ढुंगा मुढा गरेका थिए । प्रदर्शनकारी १० जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस