काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। 'जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आयोग बोर्ड, प्रतिष्ठान, विश्वविद्यालय, शैक्षिक संस्थालाई सबै तहको परीक्षा सञ्चालनमा सैद्धान्तिक सहमति दिने निर्णय भएको ज्ञवालीले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष छान्नका लागि सिफारिस समिति गठन गरेको छ। लोक सेवा आगोगको अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयक सचिवसहितको ३ सदस्यीय सिफारिस समिति बनाएको ज्ञवालीले जानकारी दिए।
राष्ट्रिय परिक्षा बोर्डका परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रिया शुरु गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ। मदन भण्डारी विश्विवद्यालमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय भएको ज्ञवालीले बताए।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरिएपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए । एसईईको परीक्षा आन्तरिक मूल्यांकनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्नाका र विभिन्न विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएका थिए । मन्त्रिपरिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चालन हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस