aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सरकारले १३ देशका अवैतनिक महावाणिज्यदूतको पदावधि थप्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
सरकारले १३ देशका अवैतनिक महावाणिज्यदूतको पदावधि थप्यो

काठमाडौं । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १३ देशका अवैतनिक महावाणिज्यदूतहरुको समय थपेको छ । सरकारले अवैतनिक महावाणिज्यदूत सम्बन्धी(पाँचौ संशोधन) नियमावली, २०३९ भएको व्यवस्था अनुसार अवैतनिक महावाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले बताएका छन् । 

सरकारले इरानको तेहरानमा कार्यरत अवैतनिक महावाणिज्यदूत शाहरम शान्तियाइको पदावधि चार वर्ष थप गरेको छ । त्यस्तै, मलेसियाको सेलङगर शहरमा कार्यरत अवैतनिक महावाणिज्यदूत तेयो स्वी लेङको पदावधि पनि चार वर्ष थप गरेको छ । 

इन्डोनसियाको जाकर्तामा कार्यरत बल्ली सपत्र जनोसतीको पदावधि आगामी चार वर्षका लागि थप गरेको छ । इजराइलको आइफा शहरमा कार्यरत निमरड वर्गरलाई  पनि थप चार वर्षका लागि अवैतनिक महावाणिज्यदूतको लागि पदावधि थप गरेको छ ।

त्यस्तैगरि, अमेरिकाको मेरिल्याण्ड हवाईमा शहरमा कार्यरत मेरी सी क्यारोलको पदावधि चार वर्ष थप्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञावलीले बताए । अमेरिकाकै ओहियो शहरमा कार्यरत डा विलियन सी क्यासेलको पदावधि पनि थप चार वर्ष बढाइएको छ । अमेरिकाकै सियाटल शहरमा कार्यरत एसी शेर्पा र मेरिल्याण्डमा कार्यरत लोक गायक प्रेमराजा महतको अवैततिक महावाणिज्यदूत अवधि चार वर्ष थप गरिएको छ । 

त्यस्तै बेल्जियम फ्ल्याण्डर्स शहरमा कार्यरत इन्ग्रिड सेस्टर्स–ल्यूटेनलाई आगामी चारवर्षको लागि अवैतनिक नेपाली महावाणिज्यदूत पदमा नियुक्त गरेको छ । त्यसैगरि, ग्रीसको एथेन्स शहरमा कार्यरत इम्मानोइल काराभेलाकिसको पदावधिपनि चार वर्ष थप गरेको छ । उनलाई हाल अवैतनिक वाणिज्यदूतबाट अवैतनिक महावाणिज्यदूतमा पदोन्नति समेत गरेको छ । 

लेवनानको बेरुत शहरमा कार्यरत एल शेख मोहमद वासम गोजायलले प्रशंसनीय कार्य गरेकोभन्दै सरकारले अवैतनिक वाणिज्यदूतबाट अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस