भक्तपुर । नगद लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्वरी प्लानिङबाट काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा१५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद ४ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धन बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टो समेत बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस