aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नेपाली भूउपग्रहको सफल प्रक्षेपण, प्रमले भने अब नेपाल पनि भूउपग्रह प्रक्षेपण गर्ने सूचीमा

नेपाली भूउपग्रहको सफल प्रक्षेपण, प्रमले भने अब नेपाल पनि भूउपग्रह प्रक्षेपण गर्ने सूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
नेपाली भूउपग्रहको सफल प्रक्षेपण, प्रमले भने अब नेपाल पनि भूउपग्रह प्रक्षेपण गर्ने सूचीमा

काठमाडौं, बैशाख ६ । नेपालको पहिलो भूउपग्रह (नेपाली स्याट) को सफलतापूर्वक प्रक्षेपण गरिएको छ । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष संस्था (नासा) को मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडु बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । 

यसलाई सिग्नोस कार्गो अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस० मा लैजानेछ । उपग्रह एक महिनासम्म महिनासम्म आईएसएसमै रहनेछ । स्पेस स्टेसनमा परीक्षणपछि आगामी मे तेस्रो साता पृथ्वीको कक्षमा छाडिने नास्टले जनाएको छ ।


नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेसँगै नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा परेको छ ।

नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्रप्रसाद ढकालले नेपालको भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिए । उनका अनुसार उपग्रह शुक्रबार बिहान ३ः३० बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रु मा जोडिनेछ ।

उपग्रह निर्माणमा नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । २०७४ मा नेपाल सरकार र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक० सँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो ।

पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेट रहने नास्टले जनाएको छ । (नेपाली स्याट)नानो भूउपग्रह हो । यसको लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो ।

नेपाली भूउपग्रहलाई संयुक्त राष्ट्रसंघको बाहय अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा) मा दर्ताका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताएको राससले जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन् । ओलीले बिहीबार ट्वीट गर्दै नेपाल पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायलाई बधाई दिएका छन् । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस