aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

दुई पेस्तोल र ५ राउन्ड गोलीसहित दुईजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
दुई पेस्तोल र ५ राउन्ड गोलीसहित दुईजना पक्राउ

बाँके । बाँकेमा दुई पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्‍ने ठाउँबाट दुईथान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउन्ड गोलीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका २०, मनिकापुर बस्‍ने ६२ वर्षीय सलिम नाउँ र नेपालगन्ज उपमहानगरपालिका १९, वासुदेवपुर बस्‍ने ३३ वर्षीय इब्राहिम बेहना छन् । 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस