aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन आह्वान

काठमाडौं । सरकारद्वारा अमेरिका, दक्षिण अफ्रिका र बेलायतका लागि प्रस्ताव गरिएका तीन जना विरुद्ध उजुरी दिन संघीय संसदको संसदीय सुनुवाई समितिले आह्वान गरेको छ ।

सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका विषेश आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । 

तीनै जनाले सघीय संसदको सुनुवाइ समितिले अनुमोदन गर्न पर्ने संवैधानिक व्यवस्था छ ।  तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर बुधबार बसेको समितिको बैठकलेृ सूचना प्रकाशित गरेको छ । 

युवराज अमेरिका जाँदा सबैलाई आनन्द !

प्रतिक्रिया दिनुहोस