aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए  ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ स्थित विन्जेलमा फैलिएको झाडापखलाका कारण एकै गाउँमा ५० जना भन्दा बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको छ । बिरामी हुनेमा भुजेलहरुको बस्ती रहेको विन्जेल, मुलाबारीका धेरै रहेका छन् ।

बिरामीको खाडिचौरस्थित सिन्धु सदबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै बेडमा तीनजनासम्म बिरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिएका छन् ।

शुक्रबार गाउँमै भएको बिहेमा गाउँलले भोज खाएका थिए । फुड पोइजन भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सँगै, पानीका कारण महामारी फेलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताएका छन्  ।

झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले बताए ।

गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस