aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तास खेलिरहेका ११ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
तास खेलिरहेका ११ जना पक्राउ

कैलाली । घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रुपैयाँ, २ गड्डी तास र १ थान मण्डी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस