aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आत्मनिर्भर भारत अभियानमा १६ मोबाइल कम्पनी थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
आत्मनिर्भर भारत अभियानमा १६ मोबाइल कम्पनी थपिए

एजेन्सी । भारत सरकारको आत्मनिर्भर भारत अभियान अन्तर्गत १६ वटा मोबाइल फोन उत्पादन गर्ने कम्पनीहरुलाई इन्सेन्टिभ दिने भएको छ । यसमा विदेशीदेखि विदेशी कम्पनीहरु पनि परेका छन । यी १६ वटा कम्पनीमा चिनियाँ कम्पनी छैन ।

यी कम्पनीहरूले आगामी पाँच वर्षमा करीव १०.५ लाख करोडको मोबाइल फोन उत्पादन गर्ने अपेक्षा राखिएको छ । यसमा आइफोन बनाउने एप्पलका लागि कोन्ट्रयाक्टमा फोन बनाउने फोक्सकोन होन हाई,  विस्ट्रोन र पेगाट्रोनको पनि प्रस्ताव आएको बताइएको छ ।  यस बाहेक सामसुङ  र राइजिंग स्टारबाट पनि प्रस्ताव स्वीकृत भएको छ । 

भारतीय कम्पनीहरूमध्ये लाभा, भगवती (माइक्रोमैक्स), प्याजेट इलेक्ट्रोनिक्स (डिक्सन टेक्नोलोजी), यूटीएल नियोलिन्क्स र ओप्टिमसको प्रस्तावलाई पनि अनुमोदन गरिएको छ । एटीएन्डएस, एक्सेन्ट सर्किट, विजिकोन, भल्सीन, सहस्रा र नियोलिंकको प्रस्तावलाई पनि इलेक्ट्रोनिक्स कम्पोनेन्ट्सको स्वीकृत गरिएको छ ।

भारतले चिनियाँ कम्पनीको वर्चस्व कम गर्ने प्रयासमा धमाधम अन्य देशका कम्पनीलाई थप इन्सेन्टिभ दिएर देशमा भित्र्याइरहेको छ । चिनियाँ कम्पनीहरुसँग भारतीय स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा छ । भारतीय बजारमा प्रभुत्व जमाइरहेको चिनियाँ कम्पनीहरूमध्ये शाओमी, भिभो, ओप्पो, वन प्लस, रियलमी जस्ता कम्पनीहरू छन् । 
 

प्रतिक्रिया दिनुहोस