aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर

  • रासस
    रासस
  • बुधबार, २१ असोज २०७७
गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ । 

आयोगले साह विरुद्ध कूल रु. २२ लाख बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ती राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस