aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

स्टकहोम ।  सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ ।रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । 

उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ । सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस