
भारतको मध्य प्रदेशस्थित सिरोन्ज शहरअन्तर्गत टोरी बागरोद भन्ने ठाउँमा एउटी दुलही विवाहको १५ दिनपछि आफ्नो विवाह गराइदिने पण्डितसँग भागेको समाचार अन्तार्रष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
भारतीय अखबार दैनिक भास्करका अनुसार २१ वर्षीया ती दुलहीको विवाह मे ७ तारिखमा भएको थियो । विवाहपछि युवती पहिलोपटक आफ्नो माइती आएकी थिइन् । माइती आएको बेला २३ मेको राति युवती पण्डित (विनोद महाराज)सँग भागेकी हुन् । विनोद विवाहित व्यक्ति हुन् । उनका २ सन्तान रहेका जनाइएको छ ।
प्रहरीले पण्डितसँग भागेकी युवती र पण्डितको खोजी गरिरहेको जनाएको छ । दुलहाको परिवारले भने विवाहित युवतीले आफूहरुले दिएको करिब डेढ लाख रुपैयाँ बराबरको गहना ३० हजार रुपैयाँ नगद लगेको बताएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस