aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

महाव्याधीमा पनि विश्वका अर्बपति सम्पत्तिमा कुनै असर परेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ असोज २०७७
महाव्याधीमा पनि विश्वका अर्बपति सम्पत्तिमा कुनै असर परेन

एजेन्सी । विश्वको आर्थिक अवस्था कोरोना महामारीका कारण ध्वस्त भइरहेका बेलामा पनि विश्वका अर्बपतिको सम्पत्तिमा भने कुनै पनि असर परेको छैन । अमेरिकाको पत्रिका फोब्र्सका अनुसार विश्वका शीर्ष ४ अर्बपतिको सम्पत्तिमा ठूलो वृद्धि भएको छ ।

फोब्र्सको पछिल्लो सूचीमा भारतीय उद्योगी रिलायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानी फेरि शीर्ष स्थानमा नै रहेका छन्। उसको सम्पत्ति ८८.७ अर्ब डलर कायम छ । उनले यो अवधिमा ७३ प्रतिशतले वृद्धि भएको छ ।  यो सँगै उनी लगातार १३ औं वर्ष लगातार अम्बानी शीर्षमा छन् । 

२०२०, जुलाई अन्त्यसम्मको रेकर्ड अनुसार उनीहरुको कुल सम्पत्ति १०२ खर्ब अमेरिकी डलर पुगेको छ । स्विस बैंक युबिएस र पिडब्लुसीका अनुसार सन् २०१७ मा अर्बपतिहरुको कुल सम्पत्ति ८९ खर्ब अमेरिकी डलर पुगेको थियो । सन् २०१७ देखि २०२०, जुलाई आइपुग्दा संसारभर अर्बपतिको सङ्ख्या पनि वृद्धि भएको छ । सन २०१७ मा ३१ जना अर्बपति विश्वभरी रहेकोमा हाल यो संख्या बढेर २ हजार १ सय ८९ पुगेको फोब्र्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

भारतकै गौतम अदानी मुकेश अम्बानीपछि दोस्रो स्थानमा छन् । उनको सम्पत्ति २५.२ अर्ब डलर रहेको छ । उनको सम्पत्ति पनि ६१ प्रतिशतले वृद्धि भएको फोब्र्सले जनाएको छ । उनले भारतका विमान स्थल किंगका नामले पनि चिनिन्छन् । त्यस्तै आटी क्षेत्रका टाइकुन मानिने शिव नादर तेस्रो नम्बरमा आईटी कम्पनी एचसीएलका शिव नादरको नाम सामेल छन ।  उनको सम्पत्ति २०.४ अर्ब डलर रहेको छ । यस कम्पनीमा उनी छोरो रोसनी नादर मलहोत्रा रहेकी छिन । 

यस वर्ष फोब्र्सको नयाँ नामहरू भारतीयहरु थपिएका छन् । फोब्र्सको सूचीमा भारतका संजीव बिकन्दानी, रिलेक्सो फुटवेयरका रमेश कुमार र मुकुन्द लाल दुआ, जीरोधा ब्रोकिंगका नितिन र निखिल कामत, जीआरटी ज्वेलर्सका जी राजेन्द्र छन् ।  यसबाहेक, विनोद सर्राफा, चन्द्रकांत र राजेन्द्र गोगोई, प्रेमचन्द्र गोधा, अरुण भरत राम र आरजी चन्द्रमोगन पनि सम्मिलित भएका छन् । यस वर्ष सूचीमा शीर्ष १०० जनाले ५१७.५ अर्ब डलर सम्पत्ति जोडेका छन् । जुन गत वर्षको सूचीमा समावेश गरिएको कुल सम्पतिको भन्दा १४ प्रतिशतले सम्पत्ति बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस