
एजेन्सी । शेयर बजारमा केहि शेयर(स्क्रिप्ट)को भाग्य यस्तो हुन्छ मानिस यो देखेर आश्चर्य चकित पर्छन् । भारती शेयर बजारमा यस्तै एक कम्पनी छ जसको सन् २००९ मा शेयर मुल्य ४.२१ रुपैयाँ भारु थियो । यो शेयर आज दशवर्षपछि ६८२ रुपैयाँ भारु भएको छ । जुन कम्पनीको नाम हो लगेज सफारी इन्डस्ट्रिज हो ।
यसरी हेर्दा भारतीय शेयर बजारमा जसले सन् २००९ मा एक लाख रुपैयाँ भारु लगानी गरेका थिए उनीहरुको सम्पत्ति आज १.६० करोड रुपैयाँ भारु भएको छ । योबीचमा भारतीय शेयर बजारको इन्डेक्स १६७ प्रतिशतले बढेको छ । सन् २००९ जुन २ मा बम्बइ स्टक एस्क्चेञ्ज(बीएसआइ) सेन्सेक्स १५००८ विन्दुमा रहेको थियो । यो विन्दु आज बढेर ३९ हजारभन्दा माथि पुगेको छ ।
पछिल्लो एक वर्षमा सफारी इन्डस्ट्रिजको शेयर १०.४५ प्रतिशतले वृद्धि भएको छ । जबकी यसवर्षको शुरुवातदेखि हालसम्म १४.६४ प्रतिशतले यो कम्पनीको शेयरमा गिरावट आइसकेको छ । शेयर बजारका अग्रज लगानीकर्ता राकेश झुझुनवाला यहि कम्पनीको शेयरमा चारवर्ष पहिला एक लाख रुपैयाँ भारु लगानीगरेर अहिले ७.५ लाख भारु बनाएका छन् ।
भारतीय शेयर बजारमा सफारी इन्डस्ट्रिजसँग प्रतिस्पर्दामा रहेका कम्पनीको शेयरको वृद्धि यस कम्पनीको तुलनामा थोरैमात्र वृद्धि भएको छ । यो कम्पनीसँग प्रतिस्पर्दामा रहेका कम्पनीहरु बीआइपी इन्डस्ट्रिज, फास्टैक,सम्सोनाइट र अमेकिन टुरिष्टर जस्ता कम्पनीहरु छन् ।
सफारी इन्डस्ट्रिजको शेयर गतवर्ष अगष्ट २८मा यसको मुल्य १००५ सम्म पनि पुगेको थियो । गतवर्षको जुन ६मा यहि कम्पनीको शेयरको मुल्य ५८० सम्म पनि झरेको थियो ।
पछिल्लो १० वर्षमा सफारी इन्डस्ट्रिजको वित्तीय अबस्थामा गरेको ठूलो सुधार नै शेयर बजारमा देखिएको भारतीय शेयर बजारका लगानीकर्ता बताउछन् । मार्च २०१९को अन्तिम वर्षमा कम्पनील खुद नाफामा २६.९८ करोड रुपैयाँ पुर्योएको छ । जबकी दशवर्षपहिला यहि कम्पनीको वार्षिक आम्दानी १.९३ करोड रुपैयाँ भारु नाफा हुने गरेको थियो ।
सफारी इन्डस्ट्रिज(इन्डिया) लगेज ट्यावल गुड्सको उत्पादन र विक्रि गर्ने गर्दछ । यहि सुटकेश, व्रिफकेश, ल्यापटप, बैकपैक इत्यादि बनाउने कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस