aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रहेनन् भारतका केन्द्रीय मन्त्री रामविलास पासवान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
रहेनन् भारतका केन्द्रीय मन्त्री रामविलास पासवान

भारत । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षीय मन्त्री पासवानको बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन् ।

चिरागले सामाजिक सञ्जालमार्फत आफ्ना बुवाके निधन भएको जानकारी दिएका छन्। रामविलास नरेन्द्र मोदी नेतृत्वको सरकारमा उपभोक्ता मन्त्री थिए ।मन्त्री पासवानको दिल्लीस्थित अस्पतालमा निधन भएको हो ।

उनी नरेन्द्र मोदीको सरकारमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए। प्रधानमन्त्री मोदीले उनको निधनमा ट्वीट मार्फत शोक व्यक्त गर्दै यो आफ्नो लागि व्यक्तिगत नोक्सान भएको र आफूले एक मित्र र सहकर्मीलाई गुमाएको उल्लेख गरेका छन्।

पासवान सन् २००० मा स्थापना भएको लोक जनशक्ति पार्टीका संस्थापक अध्यक्ष थिए। १९ वर्ष पार्टीको नेतृत्व गरेका उनले गएको वर्षको नोभेम्बरमा पदबाट राजीनामा दिएर आफ्ना छोरा विधायक चिराग पासवानलाई नयाँ अध्यक्ष बनाएका थिए।

प्रतिक्रिया दिनुहोस