aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सिटिइभिटीका स्थगित परीक्षा दशैँलगत्तै शुरु हुने (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
सिटिइभिटीका स्थगित परीक्षा दशैँलगत्तै शुरु हुने (सूचनासहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ। २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जनाएको छ । 

परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए। नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले सूचना निकालेर जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस