aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोरोना भाइरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । 

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्‍वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनिलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाएका हुन् । 

“एकान्त ठाउँको पार्किङ्ग स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ्ग गरेको भनि लापारवाही वा असुरक्षित पार्किङ्ग गरेर मोटरसाईकलहरू बढी चोरी भएको देखिन्छ ।’’ महाशाखाका प्रमुख भिम ढकालले भने,  ‘चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ीयकत ख्भजष्अभि ब्उउष्अिबतष्यल मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको छ ।’ 

उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए । 

आज बम बहादुर बिश्‍वकर्मा, रिना मगर, पवन राई, बासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, बिकाश काररञ्जि, सुरज राम श्रेष्‍ठ, केशव अधिकारी, राम विक्रम सिजापती, जयराम प्रसाद कुशवाह, कुमार बोगटी, ईन्द्र कुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पुर्णमाया पाख्रिन, निरज पाण्डे, धनविर योञ्जन, मिना केसी, शिव शंकर श्रेष्‍ठ, कृष्ण बुढाथोकी, राम कुमारी श्रेष्‍ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ्ग र लेखनाथ भुसालका मोटरसाईकलहरु जिम्मा लगाएको हो ।

महाशाखाले आव ०७६/०७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाईकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाईसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस