aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मदिराका बादशाह अझै भारत आउन नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
मदिराका बादशाह अझै भारत आउन नपाउने

एजेन्सी । भारतीय मुलुकका मदिरा बादशाहका नामले चिनिने मदिरा व्यापारी विजय माल्या अझै भारत आउन नसक्ने भएका छन् । बेलायतले भारत सरकारलाई विजय माल्यालाई अझै सुम्पन नसक्ने बताएको छ ।

बेलायत सरकारले भनेका छ, विजय माल्यामा संलग्न ‘गोप्य कानुनी’ मुद्दा चलिरहेको छ र जबसम्म यो समस्या समाधान हुँदैन तबसम्म भारतलाई  सुम्पन सम्भव छैन ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दिएको जानकारी अनुसार बेलायतको सुप्रीम कोर्टले मे महिनामा विजय माल्यालाई भारत सरकार समक्ष सुम्पने अपीललाई भारतमा अस्वीकार गर्यो ।  

त्यस बेलादेखि भारत सरकारले बेलायतलाई भगौडा माल्यालाई सुम्पन दबाब दिइरहेको थियो । विजय माल्यामा बैंकबाट हजारौं करोडको ऋण लिएर नतिर्ने व्यापारी हुन र उनीमाथि सम्पत्ति शुद्धीकरणमा संलग्न जस्ता  धेरै आरोपहरू छन् । 
 

प्रतिक्रिया दिनुहोस