aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

वडाध्यक्ष न्यौपानेको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
वडाध्यक्ष न्यौपानेको निधन

दाङ । तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । 

नेपाली कांग्रेसबाट  निर्वाचित पैँसठ्ठी वर्षीय न्यौपानेलाई  केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो । यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस