काठमाडौं । नेपाल शैक्षिक परामर्श संघले भक्तपुर जिल्लाको कौशलटार स्थित मानव सेवा आश्रममा आश्रितलाई सहयोग गरेको छ । संघले ४७ जना अशक्त एवम् असहाय व्यक्तिहरुको जिवीको पार्जनमा भरथेग गर्ने उद्देश्यबाट १ (एक) महिनाको खानाको लागि अति आवश्यक खाद्य सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरिएको छ ।
त्यस्तै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वदित आशा बिधाश्रमलाई पनि आबश्यक सहयोग गरेको छ । ईक्यानले त्यहाँ आश्रीत ११० जना बिधार्थीहरुको लागी जोबिको पार्जन सम्बन्धि आवश्यक सामाग्रीहरु उपलव्ध गराएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस