
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढिरहेकोले हामी जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढिरहेकाले दशैंका लागि यात्रा नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे ।
प्रवक्ता गौतम भन्छन्, ‘दशैँमा घर जाँदा कोरोना कोशेली त लगिरहनु भएको छैन ? घर जाँदा कोरोना कोशेली लिएर अरुलाई सार्न सकिन्छ । त्यसैले ख्याल गर्ने गरौँ र एक पटक सोचौँ ।’ उनले थपे, ‘कोरोना भाइरस आफैँ आउँदैन, यो अरुबाट सार्न आफै लिन जानुपर्छ की कसैले कोशेलीको रुपमा ल्याइदिन्छ ।’
ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधै सचेत रहन भन्दै उनले दशैँको टिका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न सरकारको आग्रह छ । तर, सरकारले दैनिक आग्रह गर्दा पनि मानिसहरुले न कुनै स्वास्थ्यका मापदण्ड अपनाएका छन् न यात्रा गर्न छाडेका छन् । उपत्यकाका नाकामा मात्रै हेर्ने हो भने पनि दैनिक उपत्यका भित्रिने र बाहिरिनेको चाप देखिन्छ ।
सरकारले यात्रा नगर्न आग्रह गरे पनि अझै दैनिक १० हजारको हाराहारीमा उपत्यका बाहिरिने यात्रु रहेकोथानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेमबहादुर थापा बताउँछन् । थापाले भने, ‘यस्तो महामारीमा पनि मासिनहरुले यात्रा गर्न छाडेका छैनन । अहिले पनि मानिसहरु दैनिक १० हजारको हाराहारीमा उपत्यका बाहिर गइरहेका छन् । भित्रिनेको पनि चाप उस्तै छ ।’ उनले असोज १ गतेदेखि अहिलसम्म ४ लाखको हाराहारीमा मानिसहरुले उपत्यका छाडेको बताए ।
‘सुरक्षित यात्रा गराइरहेका छौँ’
यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचारीले आजसम्म हामीले स्वास्थ्यका मापदण्ड अपनाएर मात्र सुरक्षित यात्रा गराइरहेको दाबी गरे । सरकारले यात्रा नगर्न भनेकोले पनि होला यस वर्ष यात्रुको संख्या कम रहेको बताउँदैउनले भने, ‘सरकारले तोकेको मापदण्डमा रहेर हामीले सुरक्षित यात्रा गराइरहेका छौँ ।सार्वजनिक यातायातमा ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ ।’
अध्यक्ष कर्मचार्यले यस्तो बेलामा हामीहरु आफैले अझै कसरी यात्रुहरुलाई सुरक्षित सेवा दिने भनेर देशैभरीका यातायात व्यवसायीसँग गरिरहेको बताए । दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाएको उनको भनाई छ ।
यात्रा गर्दा यी कुरामा ख्याल गरौँ
यात्रा गर्नु पहिले हामी आफैले धेरै कुरामा ख्याल गर्नु पर्ने ग्राण्डी अस्पतालका विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठ बताउँछन् ।उनी यात्रा गर्दा यी ६ कुरा ख्याल गर्न आग्रह गर्छन ः
१. सबैभन्दा पहिला आफू सुरक्षित छु या छैन कन्फर्म गर्नुस्
२. पीसीआर परिक्षण गरेर मात्र यात्रा गर्न तयार हुनुहोस्
३. यात्रा गर्दा मास्क, फेससिल, ग्ल्ब्स, सेनिटाइजर र सामाजिक दुरी अनिवार्य गर्नुस्
५.बस, हवाइजहासमा यात्रा गर्दा कतै नछोइ आफ्नो सिटमा गएर बस्नुस्
६. लामो यात्रा गर्दा भरसक खानेकुरा आफै बोक्नुस्
प्रतिक्रिया दिनुहोस