aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बेलायतको जीडीपीमा सुधार हुन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ असोज २०७७
बेलायतको जीडीपीमा सुधार हुन थाल्यो

एजेन्सी । बेलायतको कूल गार्हस्थ (जिडीपी)उत्पादनमा लगातार चौथो महिनामा वृद्धि भएको छ। घरेलु उत्पादन सुचकाङ्कमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार जनाएको छ।

बेलायतको सरकारी तथ्याङक अनुसार  कूल गार्हस्थ उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ। देशमा लकडाउनका उपायहरूलाई थप सहज बनाउँदै जाँदा कूल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको हो।

ुजीडीपीमा निराशाजनक २.१ प्रतिशत वृद्धि (यो महिनाका लागि पूर्वानुमान गरिएको ४.६ प्रतिशत) भन्दा कम भएका कारण आर्थिक क्रियाकलापमा प्रारम्भिक वृद्धिको अनुमानभन्दा बाहिर गइरहेको छ भन्ने प्रमाण थप गर्दछ,ु लन्डनस्थित आर्थिक विश्लेषण फर्म क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री रुथ ग्रेगरीले भने।

लगातार वृद्धि भए पनि, अगस्टमा उत्पादनको स्तर फेब्रअरी २०२० मा देखिएको स्तरको तुलना अर्थात् कोरोनाभाइरस महामारीको पूर्ण प्रभाव अघिभन्दा ९।२ प्रतिशत कम रहेको उक्त कार्यालयले जनाएको छ।

फेब्रुअरीको कूल गार्हस्थ उत्पादनकोे तुलनामा अगस्टमा ।सेवाहरू, उत्पादन र निर्माण सबै क्षेत्रहरूमा व्यापक रूपमा गिरावट देखिएको छ। बेलायतमा महामारीपूर्वको तुलनामा सेवा, उत्पादन र निर्माणमा क्रमशः ९।६ प्रतिशत, ८।५ प्रतिशत र १०।८ प्रतिशतको गिरावट देखिएको छ।

आउँदो महिनाहरूमा आर्थिक सम्भावनाको पूर्वानुमान गर्दै विश्लेषकहरू यसलाई बेलायतले सामना गर्नुपर्ने चुनौतीपूर्ण समस्या बताएका छन्। उनीहरूले महामारीको पुनः आगमनबीचमा अरू प्रतिबन्धहरू लाग्ने अनुमान गर्दै यसका कारण आर्थिक गतिविधि प्रभावित बन्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस