
एजेन्सी । अमेरिकी राष्ट्र डोनाल्ड ट्रम्पले फेरि चीनलाई कडा धम्की दिएका छन् । उनले चीनीया बस्तुमा फेरी ३०० अर्ब डलरको शुल्क लगाउने चेतावनी दिएका छन् । उनले म्याक्सिको र चीनबीचमा देखिएको व्यापार विवादको दुरी कम गर्र्न सम्झौता गर्ने बताउदै आएका छन् ।
अमेरिका र चीनबीचको व्यापार विवादको दुरी कम गर्न गत मे १०देखि कुनै पनि वार्ता हुन सकिरहेको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति राष्ट्रले पत्रकारलाई भने, ‘ चीनसँग हाम्रो वार्तामा कयौ अनौठा कुरा पनि भएका छन्, अगाडि हेर्दै जाउँ के के हुन्छ, म कमसे कम ३०० अर्ब डलरको अरु थप शुल्क लगाउने छु, तर मलाई के लाग्छ भने चीन र मेक्सिको हामीसँग सम्झौता गर्न चाहन्छन् ।’
चीनको बाणिज्य मन्त्रालयले भनेको छ अमेरिकी एकतर्फी तरिकाले व्यापारी तनाव बढिरहदा चीनले पनि केहि न केहि कदम पक्कै चाल्नेछ । त्यस्तै अमेरिककाले पछिल्लो जुलाईमा चीनलाई २५० अर्ब डलरका सामानको आयातमा शुल्क लगाएको छ । जसमा यस वर्ष बढाएर २५ प्रतिशत बनाइएको छ । यसको दवावमा चीनले पनि ११० अर्ब डलरका अमेरिकी सामानको आयातमा शुल्क बढाएको छ ।
सन् २०१७ मा अमेरिकाको चीनसँग कुल व्यापार ६३५.४ अर्ब डलर रहेको छ । यसमा अमेरिकाबाट १२९.९ अर्ब डलरको सामान चीनमा निर्यात र चीनबाट आयात ५०५.५ अर्ब डलरको सामान आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस