
एजेन्सी । कालोधनको अखडा बन्दै गएको स्विस बैंकले भारतलाई नयाँ तथ्यांक उपलब्ध गराएको छ । यो लिस्टमा भारतका नागरिकहरू र संस्थाहरुको सम्पूर्ण जानकारी रहेको छ ।
जसको बैंकम खाता स्विस बैंकमा छ । यो जानकारीबाट भारतीय कर अधिकारीहरुलाई भ्रष्टाचारी पत्ता लगाउन सहयोग पु¥याउँदछ करदाताहरुले लिखित रुपमा आफ्ना खाताको विवरण उपलब्ध गराएका छन् । स्विस बैंकसँग अब यस्तो तथ्यांकको आदनप्रदान अब आउदो सेप्टेम्बर २०२१ मा हुने छ ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार नागरिकता र संस्थाको स्विस बैंक खाता जानकारी दोस्रो पटक पाएको हो । भारतमा ८६ देशहरू समावेश भएको जुन स्विट्जरलैंडको संघीय कर प्रशासन (एफटीएए) ने यो वर्ष एईओआई वैश्विक स्तरको तथ्यांक शेयर गरेको छ ।
वित्तीय जानकारी भारतको एआईओआई (सूचना स्वतः आदनप्रदान अन्तर्गत सेप्टेम्बर २०१९ मेंमा स्विट्जरल्याण्डले विवरण उपलब्ध गराएको थियो । त्यसबेला ७५ देशलाई यस्तो तथ्यांक उपलब्ध गराइएको थियो । शुक्रवार उपलब्ध गराइएको यस वर्ष सूचनाहरूमा लगभग ३१ लाख वित्तीय खाताहरू छन् । वर्ष २०१९ मा पनि यसै खाताको जानकारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस