aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण अध्ययन कै क्रममा छः डा खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ असोज २०७७
स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण अध्ययन कै क्रममा छः डा खतिवडा

 लण्डन । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन।

गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताएका छन । यद्यपि, पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उनले दावी गरे ।

पूर्वमन्त्री डा.खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए। नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताए।

अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के ग¥यो भन्दै उनले प्रश्न गरेका थिए ।  ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उनहरूका लागि सरकारले के ग¥योरुयसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ? जोशीले भने।

कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भने, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं। तर, सुनुवाइ भएन। यो अवस्थामा सडकमा जान पनि मिलेन।’ अर्थतन्त्र पुनरुत्थानका लागि योजनावद्ध ढंगबाट अघि बढ्नुपर्ने उनले सुझाव दिए।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताउनुभयो। अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उनले सुझाव दिएका छन।

‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो। धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उनले भने, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो।’

अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उनले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा नइ पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताए।  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताएका छन। समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्राडा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको बताए।

स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताए।

साइप्रसका पूर्वअर्थमन्त्री डा मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताउनुभएको छ।‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताइन। जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन्। तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उनले भनिन।

एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्राडा सोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए। १७ वटा गोलमध्ये धेरैजसो लक्ष्य पूरा भएको उनले जानकारी दिए ।   अनलाइन व्यापार, इ–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको उनको बुझाइ रहेको बताए ।

अर्थतन्त्रको पुनरुत्थानका लागि तत्कालीन र दीर्घकालीन गरी छुट्टाछुट्टै प्याकेज आवश्यक हुने उनले बताए।  कार्यक्रममा पूर्वराजदूत भीम उदास,  महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडा, एकनाथ खतिवडा लगायतले कोभिड–१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिए। लकडाउनका कारण उद्योग, व्यापार क्षेत्र प्रभावित बनेकामा अब डिजिटल व्यापारमा आशा पलाएको उनीहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस