aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यस्तो छ तीन दिनको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
यस्तो छ तीन दिनको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एकर दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको बिहान ६ बजे जारी बुलेटिनमा उल्लेख छ। 

आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राती देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भू(भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस