aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुन लुट्ने समूह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
सुन लुट्ने समूह पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँ वजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु–४ घर भई हाल काठमाडौं कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट गरेको अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सूर्य तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा.२ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस संचालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस