
काठमाडौं । मेमे नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका प्रणेश गौतमको पक्राउलाई प्रशासनिक अधिकारीको दुरुपयोग का रुपमा लिइएको छ ।
नेपाली फिल्म 'वीरविक्रम २' को समीक्षाका नाममा कलाकारलाई गालीगलौज र अपमानजनक व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् । चलचित्रको समीक्षा गर्दैमा अपराधका रुपमा चित्रण गर्ने र कारबाही गर्ने हो भने यो विधा नै नरहने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालका अनुसार कलाकारहरुको इज्जत प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीका अनुसार सो युट्युब च्यानलमा अपशब्द प्रयोग गरेका कारण साइबर अपराधमा कारबाही गर्न लागिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशले गौतमलाई अनुसन्धानका लागि थुनामा राखेको महाशाखाका प्रवक्ता एपसी ढकालले बताए । फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले गौतमका विरुद्ध प्रहरीमा उजुरी गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस