aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय नाकामा रोकिए ट्यांकर, पूर्वमा पेट्रोलियम पदार्थको अभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
भारतीय नाकामा रोकिए ट्यांकर, पूर्वमा पेट्रोलियम पदार्थको अभाव

झापा । झापासहित पूर्वी नेपालका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) को सिलगुडी डिपोबाट पेट्रोलियम पदार्थ लोड गरेर आएका ट्यांकर भारतीय क्षेत्रको पानीट्यांकी भन्सार नाकामा रोकिएपछि पूर्वमा १५ दिनयता पेट्रोलियम पदार्थको अभाव भएको हो । 

नेपाल आयल निगम शाखा कार्यालय चालअलीका अनुसार १५ दिनयता झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा पेट्रोलियम पदार्थको आयात नियमित हुन सकेको छैन् । भारतीय क्षेत्रमा संयौ नेपाली ट्यांकर रोकिएका छन् ।

भारतीय पानीट्यांकी भन्सार नाकामा भारतले अनलाइन सिस्टममार्फत जाँचपास प्रक्रिया अघि बढाएपछि पेट्रोलियम पदार्थ लोड भएका ट्यांकर नेपाल भित्रिन ढिलाइ भएको हो । 'उतापट्टि अनलाइन सिस्टम लागू भएको छ,' नेपाल आयल निगम चालअली शाखा कार्यालयका प्रमुख सनम कार्कीले भने, 'नयाँ सिस्टम आएपछि लोड भएका ट्यांकर नेपाल प्रवेश गर्न सकिरहेको छैनन् ।'

उनले अनलाइन सिस्टमले काम नगरेकोलगायत बहाना बनाउँदै भारतले पानीट्यांकी भन्सार नाकामा जाँचपासमा ढिलाइ गर्दै आएको बताए । उनले भने, 'सातामा मुस्किलले एकपटक पेट्रोलियम पदार्थ लोड भएका ट्यांकर नेपाल भित्रिँदै आएका छन् ।' आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 


 

प्रतिक्रिया दिनुहोस