aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पाकिस्तानले किन यति धेरै पैसा छाप्दैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
पाकिस्तानले किन यति धेरै पैसा छाप्दैछ ?

एजेन्सी । पाकिस्तानमा केहि वर्षदेखि नयाँ नोटको संख्यामा भारी वृद्धिभइरहेको छ । जून ३१  २०२० मा सकिएको आर्थिक वर्षमा गएको आठ बर्षमा नोटहरूको मुद्रामा सबैभन्दा ठूलो वृद्धि भएको छ । नोटहरूको सख्या  एक आर्थिक वर्षमा १.१ ट्रिलियनले बढेको छ । 

पाकिस्तानको आर्थिक क्षेत्रका जानकारीहरुका अनुसार  यो वृद्धि असामान्य छ र यसले अर्थव्यवस्थामा पनि नकारात्मक असर पार्ने टिप्पणी गरिरहेका छन् । यदि नयाँ नोटहरूको संख्या बढीरहनु भनेको कि पुराना नोट नष्ट गर्न लागेको हो वा अन्य कारणले नयाँ नोट भारीमात्रामा छाप्नु भनेको नराम्रो भएको उनीहरुले बताएका छन् ।  

बजारमा नोटको आपूर्ति र मागलाई सन्तुलनमा राख्न नयाँ नोटहरू सामान्य रूपमा छापिन्छ । जसले केही बृद्धि गर्दछ । तर असाधारण वृद्धिको मतलब धेरै नोटहरू छापिएका छन् । गएका वर्षहरुमा पाकिस्तानमा नोट छाप्ने कागजात बनाउने ‘सेक्युरिटी पेपर्स लिमिटेड’ को वित्तीय विवरण पनि वृद्धि भएको छ । पाकिस्तान स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनीको वित्तीय नतीजाका अनुसार गत आर्थिक वर्षको नाफा ६० प्रतिशतभन्दा बढी बढेको छ ।

पाकिस्तानमा प्रचलनमा रहेको नोटका संख्याको वृद्धि ई–कमर्स र डिजिटल भुक्तानीले बजार पाइरहेको बेलामा भइरहेको  छ ।  विशेष गरी अनलाइन बैंकिङ र डिजिटल भुक्तानी कोरोना भाइरसको प्रकोप पछि बढेको छ । 

पाकिस्तानको केन्द्रीय बैंकको वेबसाइटमा पछिल्ला आठ आर्थिक वर्षकोे मुद्राको विवरण रहेको छ । आर्थिक वर्ष २०१२ को अन्त्यमा नोटको सर्कुलेसनमा मुद्राको संख्या १.७३ ट्रिलियन थियो जुन अर्को वर्ष १.९३ ट्रिलियन पुगेको छ ।

आर्थिक वर्ष २०१४ को अन्त्यमा, संख्या २.१७ ट्रिलियनमा थियो ।  त्यसपछि अर्को वर्ष यो २.५५ ट्रिलियनमा पुग्यो । वित्त वर्ष २०१६ मा चलन चल्तीमा रहेको मुद्राको संख्या ३.३३  ट्रिलियन रहेको थियो । 

अर्को वर्ष यो ३.९१ ट्रिलियन र २०१८को अन्त्यमा यो संख्या ४.३८  ट्रिलियन पुगेको छ  । गत वर्ष यो संख्या ४.९५ ट्रिलियनको उच्चमा बन्द सख्यामा पुगेर बन्द भयो । त्यस्तै, २०२० मा यो संख्या ६.१४ ट्रिलियन असामान्य रुपमा वृद्धि भइरहेको देखिएको  छ । बीबीसी हिन्दीबाट
 

प्रतिक्रिया दिनुहोस