aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी अदालत पुगे, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी अदालत पुगे, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा

एजेन्सी । बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई फोहोरु तथा अपराधीुको रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।

भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम रिपब्लिक टिभी र टाइम्स नाउ विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहरलगायतका फिल्म निर्माण कम्पनीहरु छन् ।

अदालतमा दर्ता गरिएको मुद्दामा टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण बन्द गराउन र पहिले प्रशारण भएकालाई पनि हटाउन माग गरिएको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि सुरुको बलिउडसम्बन्धि डिबेटहरुमा भारतीय टिभी च्यानलहरुले टिआरपीका लागि हद पार गरेको भन्दै आलोचना भइरहेको थियो । 

प्रतिक्रिया दिनुहोस