
एजेन्सी । उत्तर कोरियाका नेता किम जोन उन सामान्यतया हतियारसँग खेल्ने र कठोरताको लागि परिचित छन् । तर, शनिबार सैन्य परेडको बेलामा भाषण गर्दा गर्दै भावुक भएर रोएको दृष्य उत्तर कोरियली सरकारी टेलिभिजनमा देखिएको छ ।
उनी लामो समयपछि यस्तो सार्ववजनिक कार्यक्रममा निष्केका हुन र यस्तो भावुक भाषण गर्दै रोएका पनि सायद पहिलो घटना ह्नसक्छ । आफ्नो भाषणमा उनले बलिदान चढाउने सिपाहीहरूलाई धन्यवाद दिएका थिए । आफ्नो सम्बोधनमा उनले उत्तर कोरियाका जनताका लागि जीवन राम्रो बनाउन नसकेकोमा आम नागरिकसँग माफी मसेत मागेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार किम जोनले आफ्नो पार्टीको ७५ औं वर्षगाठमा सेनाको विनाशकारी आँधीबेहरी र कोरोना भाइरसको महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेलेकोमा सेनालाई धन्यवाद दिएका थिए ।
राज्य टेलिभिजनको किम उनको आँखामा आँसु लिएर उभिरहेको देखिएका छन । भाषणकै क्रममा उनी बारम्बार शब्द निकाल्न नसकेको जस्तो गरेर बारम्बार आँसु पुछ्दै गरेको दृष्यमा देखाइएको छ ।
उनले भाषण भनेका छन “म कृतज्ञ छु कि एउटा पनि उत्तर कोरियाली कोरोना भाइरस संक्रमित भएको छैन ।’’ यद्यपि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उनको दावीको बारेमा शंका उब्जाएको छन ।
यस अवसरमा किमले नागरिकसँग माफी माग्दै भनेका छन, ‘कोरोना रोकथाम उपाय, अमेरिकी प्रतिबन्ध र धेरै आँधीबेहरीका कारण हामी मानिसहरुको जीवन सुधार गर्न चाहान्छौं र त्यसलाई त्यो स्तरमा पु¥याउने वाचा गर्दछु ।’
उनले आफ्नो सम्बोधन, “मेरो प्रयास र यस सम्बन्धमा मेरो सोच हाम्रा जनतालाई उनीहरूको गाह्रो जीवनबाट मुक्त गर्न पर्याप्त छैन। यद्यपि यसको बाबजुद पनि हाम्रा जनताले सधैं हामीमाथि पूर्ण विश्वास देखाए र हरेक चरणमा मेरो निर्णय र रिजोलुसनहरू समर्थित छन् ।’’
यसका साथै कोरोना भाइरस महामारीलाई रोक्नका लागि गरिएका प्रयासहरूको एक हिस्साको रूपमा, देशले अर्थतन्त्रलाई नराम्रो अवस्थामा छोड्दै लगभग सबै सीमा यातायात बन्द गरेको छ । संयुक्त राष्ट्र संघले भनेको छ कि त्यहाँ ४० प्रतिशतभन्दा बढी मानिसहरूलाई खानाको अभाव रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस