
नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नजिकै चौलिका चोकमा ८९ ग्राम ब्राउन सुगरसहित भारतको बहराइच जिल्लाको रुपैडिहाका सायर आलम राई १४ कात्तिक २०७५ मा पक्राउ परे । उनलाई बाँके जिल्ला कारागारमा राखिएको छ । २४ असोजमा नेपालगञ्जको न्यूरोडस्थित एक फेन्सी पसलबाट अरुणकुमार जैसवाल २३ ग्राम ४ सय मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परे ।
२३ मा २०७३ मा लागुऔषध र हातहतियारसहित पक्राउ परेका नेपालगञ्ज ४ का सद्भाव खान १३ पुस ०७५ मा दोस्रो पटक कोहलपुर बसपार्कबाट ८ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे ।
आलम, जैसवाल र खानजस्ता धेरै व्यक्ति ब्राउन सुगर कारोबारमा संलग्न देखिएका छन् । चालु वर्षको १० महिनामा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र बाँके प्रहरीले लागुऔषधका दुई सय ९७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ गरिएकामध्ये ६० जना ब्राउन सुगरका कारोबारी र डिलर सञ्चालन हुन् ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखा प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार १६ वटा ठूलो र ४४ साना कारोबारी हुन् । बैजनाथ गाउँपालिकाको चिसापानीबाट मात्र सात सात वटा डिलर नियन्त्रणमा लिइएको थापाले जानकारी दिए । धेरैजसो नेपालगञ्जकै थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस