aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

  • रासस
    रासस
  • मंगलबार, २७ असोज २०७७
मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।  

मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताए । मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा प्रवीणविक्रम थापा, डा धीरेश महर्जन, डा रोशन घिमिरे र डा सन्तोष श्रेष्ठ खटिएका छन् ।  

प्रतिक्रिया दिनुहोस