तानसेन । जंगलबाट टिपेको च्याउ खाँदा पाल्पामा एउटै घरका २ जनाको मृत्यु भएको छ । ९ जना बिरामी भएका छन् । निस्दी गाउँपालिका-३ कार्कीडाँडाकी ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षका विष्णुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी परेका ४५ बर्से पुरन खम्चा, उनकी पत्नी ४० वर्षीया चन्द्री खम्चा, १५ वर्षीया छोरी निर्मला, ८१ वर्षे प्रेमसिंह ठकुरी, ३० वर्षीया दानकुमारीसिंह ठकुरी, ७ बर्से सुमनसिंह ठकुरी, १२ वर्षीया निसासिंह ठकुरी र १४ वर्षीया निरुतासिंह ठकुरीको मध्यबिन्दु अस्पताल नवलपुरमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको एसपी विश्वमणि पोखरेलले बताए ।
उनीहरुले शुक्रबार साँझ जंगलबाट च्याउ ल्याई तरकारी पकाएका थिए । शनिवार दिउँसोदेखि उनीहरु बिरामी परेका थिए । उनीहरुमा पेट फुल्ने, पखाला लाग्ने, बेहोस हुने, बरबराउने लक्षण देखा परेको थियो । पाल्पामा पहिले जंगली च्याउ खाँदा बर्सेनि ५-१० जनाको ज्यान गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस