aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रतिनिधिसभा सांसद सानु सिवा पहाडीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
प्रतिनिधिसभा सांसद सानु सिवा पहाडीको निधन

काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो । संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।

शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

सांसद शिवाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमाफर्त दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् - 'हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दु:ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'

प्रतिक्रिया दिनुहोस