aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपालमा क्षयरोग नियन्त्रणबाहिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
नेपालमा क्षयरोग नियन्त्रणबाहिर

क्षयरोग (टिबी) उपचारमा प्रभावकारिता नहुँदा प्रतिबद्धता अनुसार रोग नियन्त्रणबाहिर जान लागेको राष्ट्रिय क्षयरोग कार्यक्रम प्रभाव मूल्यांकन प्रतिवेदनले जनाएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्श निकालेको  समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । 

नेपालले विभिन्न अवधिमा अन्तर्राष्ट्रिय स्तरमा क्षयरोग नियन्त्रणमा गरेको प्रतिबद्धताअनुसार कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस