aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

अब भेन्टिलेटर र आईसीयू जिल्ला जिल्ला पुग्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
अब भेन्टिलेटर र आईसीयू जिल्ला जिल्ला पुग्दै

काठमाडौं । सरकारले विभिन्न जिल्लाका लागि भेन्टिलेटर र आईसीयू खरिदका लागि बजेट विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा १३ अस्पतालका लागि २८ करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

धनकुटा अस्पताल, पाँचथर अस्पताल, सलार्ही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ् अस्पताल, दमौली अस्पताल, कपिवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल ,कालिकोट अस्पताल र सल्यान अस्पतालका लागि २८ करोड रुपैँया विनियोजन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले ५२ भेन्टिलेटर र १३० आईसीयूका खरिदका लागि २८ करोड रुपैँया विनियोजन गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस