aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मन्त्रालय विहिन भए पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
मन्त्रालय विहिन भए पोखरेल

काठमाडौं । बुधबार भएको मन्त्रीपरिषद् पुनर्गठनमा इश्वर पोखरेल मन्त्रालय विहिन भएका छन् । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय अब प्रधानमन्त्रीले हेर्ने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पार्टीका महासचिव विष्णु पौडेललाई दिएका छन्। त्यस्तै, सञ्चार मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ। यसअघि गुरुङले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। महिला बालबालिका मन्त्रालयमा लीलानथ श्रेष्ठलाई नियुक्त गरिएको छ।  

यसैगरि सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।  

प्रतिक्रिया दिनुहोस