aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुसलमानले जब देशभक्तिको लागि मस्जिद भत्काए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
मुसलमानले जब देशभक्तिको लागि मस्जिद भत्काए

एजेन्सी । ‘इस्टरको दिन हमलापछि हाम्रो बस्तीका गैर मुसलमानले हामीलाई आतंकवादी देख्छन् ।’ एमएचएम अकबर यसो भन्दै श्रीलङ्कामा ईस्टरको दिन भएको हमलाबारे बताइरहेका थिए । उक्त हमलामा २ सय ५० व्यक्तिको मृत्यु भएको थियो र यसमा मुस्लिम कट्टरपन्थी समूहको हात भएको बताइयो ।

संसारभरीका मुसलमान रमजानको महिनामा ब्रत राख्छन् र प्रार्थना गर्छन् तर श्रीलङ्कामा मुसलमानको एउटा सानो समुहले आफूलाई हिंस्रक समुहबाट अलग देखाउनका लागि मस्जिद तोडे ।

अकबर खान मदतुंगमाका मुख्य मस्जिदका ट्रस्टी हुन् । उनले बीबीसीसँगको कुराकानीमा ‘अल्लाह’  माथि विश्वास राख्नेहरुले आखिर किन यस्तो कदम उठाए भन्ने जानकारी दिएका छन् ।

मानिसहरुले शंकाको नजरले हेर्छन्ः
अकबर भन्छन्, ‘उक्त हमलापछि पुलिसको मस्जिदमा आवतजावत भइरहन्थ्यो । यसै कारण मानिसहरु तनावमा पर्न थाले । उक्त हमलापछि हाम्रो र अन्य समुदायबीच विश्वास निकै खस्किएको छ ।’

कथित रुपमा यो मस्जिदको प्रयोग प्रतिबन्धित चरमपन्थी संगठन तौहिद जमातका सदस्यले गरिन्थ्यो । उक्त समुहमाथि अप्रिलमा द्वीपीय देशमाथि आत्मघाती बिस्फोट गराएको शंका थियो ।

इस्टर हमलापछि श्रीलङ्काली सरकारले देशव्यापी रुपमा तौहिद जमातलाई टार्गेट गर्दै कारवाही सुरु गरेको थियो । उक्त संगठनको तर्फबाट पूर्वी शहर कट्टनकुडीमा एक मस्जिद चलाइँदै थियो जसलाई सिल गरिएको छ ।

मदतुंगामामा यो मस्जिद ऐतिहासिक, धार्मिक वा संस्कृतिक रुपमा महत्वपूर्ण थिएन । यो एउटा भिन्न अति–रुढिवादी मस्जिद समूहद्वारा संचालन गरिँदै थियो जसको उक्त हमलासँग कुनै सम्बन्ध थिएन। उक्त कदमबाट थाहा हुन्छ कि चरमपन्थीबाट छुटकारा पाउनका लागि यो समुदायका व्यक्तिहरु कुन हदसम्म जान तयार छन् ।

सर्वसम्मत रुपमा लिइएको निर्णयः 
अकबर भन्छन्, ‘हाम्रो इलाकामा पहिले नै एउटा मस्जिद थियो जसमा मानिसहरु नमाज पढ्थे । तर केही वर्ष अघि केही मानिसहरुले उक्त नयाँ मस्जिद बनाएका थिए ।’

मे महिनामा पुरानो मस्जिदका एउटा सदस्यले बैठक बोलाए जसमा विवादको जड उक्त नयाँ मस्जिदलाई ध्वस्त गरिदिने निर्णय गरियो । स्थानीयले हातमा हथौडा लिएर यो मस्जिदलाई तोडे । उनी भन्छन्, ‘हामीले उक्त मस्जिदका कोठाहरु भत्काइदियौं र जग्गाका हकदारलाई उक्त स्थान सुम्पियौं ।’

लगभग ७० प्रतिशत श्रीलङ्काली जनसंख्या बौद्ध धर्म मान्छन् र सबैजना सिंहली भाषा बोल्छन् । १२ प्रतिशत जनसंख्यासहित हिन्दु धर्म देशको दोस्रो ठूलो समुदाय हो । त्यसपछि १० प्रतिशत जनसंख्यासहित मुसलमान तेस्रो स्थानमा र ७ प्रतिशत जनसंख्यासहित ईसाई तेस्रो स्थानमा आउँछ ।

धेरैजसो मुसलमान तमिल भाषा बोल्छन् तर जटिल राजनीतिक र ऐतिहासिक कारणसहित मुस्लिम आफूलाई अन्य तमिल भाषी भन्दा अलग जातीय समूहको रुपमा मान्छ ।

ईश्वरको भरोसाः 
यो कदमलाई धेरै मानिसले सहि मानेका छैनन् । इस्लामको धार्मिक मुद्दामा मुख्य अधिकार मानिने संस्था सीलोन जमायतुल उलेमाले प्रार्थना गर्ने ठाउँलाई यसरी तोडफोड गर्नु नहुने जनाएको छ । उनले एक बयानमा भनेका छन्, 'सबै मस्जिद अल्लाहकै हुन् । यिनिहरुको नष्ट गर्नु तथा नोक्सान गर्नु इस्लामको विपरित हुन्छ ।' 


 

प्रतिक्रिया दिनुहोस