aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ओली सरकारका नयाँ सारथी कसको अनुभव के ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
ओली सरकारका नयाँ सारथी कसको अनुभव के ?

काठमाडौं ।  मन्त्रिपरिषद बुधबार गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् । तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषदमा केही नयाँ मन्त्रीहरु नयाँ अनुभव र नयाँ विषेशता सहित मन्त्री भएका छन् । 

नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिएर रक्षा मन्त्री ईश्वर पोखरेललाई मन्त्रालय विहिन बनाएका छन । पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । 

विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ विषेता हो ।

रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल विगतमा पनि अर्थमन्त्री भइसक्नेका नेकपाका महासचिव हुन । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएका स्थितिमा नयाँ अर्थमन्त्री राजनीतिक क्षेत्रको अनुभवी व्यक्तिले अर्थमन्त्रालय पाएका छन ।

 निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भद्रगोल पारेको सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका पार्वत गुरुङले जिम्मवारी पाएका छन । 

अर्को प्रतिनिधिसभामा देशकै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सांसद् हुन । शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ काठमाडौं उपत्यकाका हुन । उनी पूर्व स्थानीय विकास राज्यमन्त्री भइसकेका छन् । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका  सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री भएका हुन । नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिएका थिए । ओली मन्त्रीपरिषदका अर्को नयाँ विषेशता भनेको पार्टीको सहमति विना नै मन्त्रीपरिषद विस्तार पनि हो । जे भएपनि नयाँ मन्त्रीहरुले आज विहीबार शपथग्रहण गर्ने छन  ।

 बडादशैँपूर्वको यो हेरफेरले पुराना मन्त्रीहरुलाई आत्मबलका साथ काम गर्न र नयाँ मन्त्रीहरुलाई नयाँ उत्साहका साथ कार्यक्षेत्रमा ओर्लन प्रेरणा दिने विश्वास छ । 

प्रतिक्रिया दिनुहोस