काठमाडौं । शहर बजारमा सबैजसो मानिसहरुले खाना पकाउन ग्यासको प्रयोग गर्ने गर्छन । तर, कहिले काहि वस्तुको प्रकार र अवस्था नबुझि जथाभावि प्रयोग गर्दा त्यसले ठूला दुर्घटना पनि निम्त्याउन सक्छन् । त्यसकारण हरेक वस्तुहरुको प्रयोग गर्दा त्यसको अवस्था अनुसार ध्यान दिएर प्रयोग गर्नुपर्छ । एलपी ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकोले यसको प्रयोगमा सतर्कता एवम् सावधानी अपनाउन जरुरी हुन्छ । त्यसैले खाना पकाउने ग्यासको चुहावटले हुने दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुारहरुको बारेमा हामीले प्रस्तुत गरेका छौँ ।
यी हुन् दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरुः
१. सिलिण्डर ल्याउँदा लैजादाँ नगुडाऔँ, भान्सामा सिलिण्डर सधै ठाडो राख्ने, सुताएर, घोप्टाएर प्रयोग नगर्ने ।
२. रेगुलेटर, रवर, पाइप, चुलोजस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गर्ने । साथै हरेक दुई वर्षमा ग्यासको पाइप फेर्ने गर्नुपर्छ ।
३. काम सकेपछि सधै रेगुलेटर बन्द गर्न नबिर्सिने
४. खाना पकाउन सधै झ्याल ढोका खुल्ला राखौँ र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गर्नुपर्छ ।
ग्यास चुहावट भएमा यी कुराहरुमा ध्यान दिनुपर्छ
१. खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएइको भन्ने बुझ्नु पर्छ । ग्यास लिक भएमा पहिला रेगुलेटर र पछि चेल्होको नव बन्द गर्नु पर्छ ।
२. झ्याल ढोका खुल्ला र झिल्का निस्किने वस्तुहरु जस्तैः ग्यास चुल्हो, सलाई, लाइटर, धुप आदी नबाल्ने । विधुतजन्य उपकरणको प्रयोग नगर्ने ।
३. ग्यास लिक भएमा रेगुलेटरलाई सिलिण्डरबाट छुटाई सिलिण्डरमा सेफ्टि क्याप लगाई बाहिर खुल्ला स्थानमा राख्ने र यथासिग्र नजिकको ग्यास विक्रेता वा ग्यास उद्योगमा सम्पर्क गर्ने गर्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस