aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । निलकुमारी क्षेत्रीको घरमा बिहिबार बिस्फोट हुँदा ११ जना घाइते भएका छन् । 

घरको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको प्रहरीले जनाएको छ ।  

विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ । ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ ।  

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस