
एजेन्सी । एसियाकै धनी भारतीय व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजको रिटेल कम्पनीमा लगानी थपिने क्रम रोकिएको छैन । पछिल्ला केही दिनमा धेरै ठूला कम्पनीहरूले विश्वव्यापी लगानीको घोषणा गरेका छन् ।
केही कम्पनीहरूले लगानीको रिलायन्स उद्योगलाई पनि हस्तान्तरण गरेका छन् । भर्खरै अम्बानीको रिटेल भेन्चर कम्पनीमा एलिसियम एसिया होल्डिङ(केकेआरको एक इकाइ)ले ८१,३४८४७९ कित्ता शेयर बापत ५५५० करोड भारु लगानी गरेको छ ।
अम्बानीको कम्पनीमा केकेआर सहित विश्वका प्रख्यात कम्पनीले पनि लगानी गर्ने घोषणा गरेका छने भने केहि कम्पनीले लगानी गरिसकेका छन् । टेक इन्भेन्टर कम्पनी सिल्भर लेकले पनि ७५०० करोड रुपैयाँ भारु लगानी गर्ने घोषणा गरेको छ । केहि दिन पहिला रिलायन्स इन्डष्ट्रिजको रिटेलमा लगानी जुटाउन कतारमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमबाट ३७,७१० करोड रुपैयाँ भारु लगानी जुटिसकेको छ ।
यसमा सिल्भर लेक, केकेआर, जनरल अटलान्टिक, मुबाडला, जिआइसी र टीपीजीले लगानी गरेका छन् । रिटेलका भारत भरी १२,००० स्टोर्स सञ्चालनमा रहेका छन् ।
सिल्भर लेकले ९,३७५ करोड रुपैयाँ भारु लगानी गरेको छ । सिल्भर लेकले अब रिलायन्स रिटेलको २.१३ प्रतिशत शेयर पाउने छ । जनरल अटलांटिकले ३,६७५ करोड भारु, अबुधाबी मुबाडला इन्भेष्मेन्टले १.४० प्रतिशत शेयरका लागि लगानी गरेको छ ।
त्यस्तै, आरआरवीएलले ६२४७.५ करोड रुपैयाँ भारु लगानी गर्ने बताइएको छ । सिंगापुर सौभरेन्ट वेल्थ फण्डले ५५१२.७ करोड रुपैयाँ भारु लगानी गर्ने घोषणा गरेको छ । त्यस्तै, ग्लोबल इनभेन्टमेन्ट फर्म टीपीजीले १८३८.७ करोड रुपैयाँ भारु लगानी गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस