
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । पौडेलले बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। दोस्रो पटक अर्थमन्त्री भएर पदभार सम्हाल्दै पौडेलले विश्व बैंकबाट लिने ऋणको फाइलमा हस्ताक्षर गरेका छन् ।
पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए।
प्रतिक्रिया दिनुहोस